
काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।