Tue. Nov 26th, 2024

ट्रेड युनियन महासंघमा प्रधानमन्त्रीको प्रश्न : कसले भन्यो नेपालमा बिजोग छ भनेर ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रोजगारी नभएको हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर ट्रेड युनियन महासंघ (जिफन्ट) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो भनेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा उपयुक्त खालको आकर्षक रोजगारीको अवसर भने नभएको स्वीकार गरेका गरेका हुन् ।

नेपालमा रोजगारीको अवसर नभएर खान नपाउने खालको हाहाकार स्थिति भयो भन्नेकुरा साँचो होइन भन्दै उनले जनतालाई उपयुक्त खालको अवसरका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्थालाई अघि बढाएको जिकिर गरे।

‘नेपालमा जब अपरच्युनिटी छँदैछैन भन्ने होइन । उपयुक्त खालको भएन, आकर्षक खालको भएन । एउटा कुरा त्यो हो’, प्रम ओलीले भन्नुभयो, ’जब अपरच्युनिटी नपाएर नेपालमा खानै नपाउने हाहाकारको स्थिति भयो भन्ने होइन ।’

प्रधानमन्त्री ओलीले नेपालमा कल्पनै गर्न नसकिने खालका परिवर्तनहरु भएको दाबीसमेत गरेका छन् ।

About The Author

अन्य समाचारहरु: