Tue. Nov 26th, 2024

लापरबाही र अज्ञानताले गर्भपतन बढ्दो

Pregnant
काठमाडौं – सरकारले गर्भपतनसम्बन्धी कानुन खुकुलो पारेपछि राजधानीका अस्पतालमा गर्भ पतन गराउनेको संख्या बढेको छ । राजधानीका विभिन्न अस्पतालमा गर्भ पतनका लागि जाने महिलाको संख्याको गर्भ पतन गराउनेको संख्या बढेको देखिएको हो ।

काठमाडौं थापाथली सुकम्बासी बस्तीमा ३० वर्षकी बिना राई ९नाम परिवर्तन० तीन महिनाको गर्भ पतनका लागि अस्पताल पुगेकी हुन् । तीन जना सन्तानकी आमा उनले भनिन् ‘पिल्स खान्थें, सकियो । एकरदुई साता के होला र भनेर नखाको गर्भ बस्यो ।’ मजदुरी गरी जीविका चलाउने बिना दम्पत्तिलाई परिवार नियोजनका साधनबारे थाहा भए पनि प्रयोग गर्ने सही तरिका थाहा नभएको  छ ।

टोखाकी २४ वर्षकी रोशनी महर्जन ९नामथर परिवर्तन०की पनि काखमा सानी नानी हुँदाहुँदै गर्भवती भएपछि गर्भपतन गराइन् । उनले तीनमहिने सुई डिपोप्रोभेरा लगाउने मेसो नमिलेपछि आफू गर्भपती भएको बताएकी छन् ।

यसरी अस्थायी साधनको अनविज्ञता तथा लापरबाहीले बस्ने गर्भको पतन गराउनेको संख्या बढिरहेको छ । गर्भपतन गराउँदा एकैपटक सफा नहुने, धेरै रक्तश्राप हुने, बाँझोपन हुने, कमजोर हुने, पाठेघरमा संक्रमण हुनेलगायतका जोखिम बढ्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन् ।
नागरिकबाट

About The Author

अन्य समाचारहरु: