Tue. Nov 26th, 2024

महिला मानवअधिकार रक्षकमा खीलकुमारी पोखरेल निर्वाचित

धादिङ । महिला मानवअधिकार रक्षकहरुको साझा संस्था महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालको अध्यक्षमा खीलकुमारी पोखरेल निर्वाचित भएकी छन् ।

संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको अधिवेशनले १३ सदस्यीय जिल्ला संजाल निर्वाचित गरेको छ ।

संजालको उपाध्यक्षमा दुुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल, सहसचिव रबिना पौडेल, कोषाध्यक्षमा शुशिला भण्डारी र सदस्यहरुमा भगवती अर्याल, उर्मिला श्रेष्ठ, हरिमाया शाही, सिता रजिाल, स्नेहा श्रेष्ठ, शान्ता रुपाखेती, राधिका सापकोटा, आरती शाह निर्वाचित भएका छन् ।

सामाजिक न्याय, महिला मानवअधिकारको पूर्ण प्रत्याभूति, लैंगिक समानताका लागि निर्वाचित कार्यसमितिले काम गर्ने छ ।

About The Author

अन्य समाचारहरु: