
काठमाडौं– सरकारले भन्सार दर घटाएपछि सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर आजदेखि कार्यान्वयनमा गएको हो ।
औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।