काठमाडौं -निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति मतपत्रको नमुना सार्वजनिक गरेको छ । शुक्रबार आयोगले वेबसाइटबाट मतपत्रको नमुना सार्वजनिक गरेको हो ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, उमेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उमेदवारले प्राप्त गरेका निर्वाचन चिह्नमात्र समावेश गरिएको छ ।
नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ ।
आयोगले उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक काम गर्न आह्वान पनि गरेको छ ।