Mon. Jan 27th, 2025

अमिषा कार्कीले नेपाली सेनाको सेकेण्ड लेफिट्नेन्टमा नाम निकाल्न सफल

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य अमिषा कार्की आधिकारिक रुपमा नेपाल आर्मीमा छनौट भएकी छिन् । अर्थात् अमिषाले परीक्षा पास गर्दै सेनामा नाम निकाल्न सफल भएकी हुन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी आशालाग्दा फरवार्ड समेत रहेकी अमिषा नेपाली सेनाको सेकेण्ड लेफिट्नेन्ट (सहायक सेनानी) मा नाम निकाल्न सफल भएकी हुन् । योसँगै उनी अब सेनामा आधिकारिक जागिरेका रुपमा समेत काम गर्ने पक्का भएको हो ।

स्मरण रहोस, अमिषा यसअघि त्रिभुवन आर्मी फुटबल क्लब मै करार सेवामा आवद्ध थिईन् । अब उनको नाम सहायक सेनानीमा निस्किएसँगै उनी स्थायी रुपमै सेनामा जागिरे समेत भएकी छिन् ।

About The Author

अन्य समाचारहरु: