Mon. Jan 27th, 2025

धादिङमा दोस्रो सल्यानटार कृषि मेला सुरु, सिंचाईको पहल गरिने मन्त्री सिलवालको भनाई

धादिङ-धादिङको सल्यानटारमा सिंचाईको पहल गरि किसानलाई आत्मनिर्भर बनाउने बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले बताए ।

लोप हुदै गएको थुप्रै रैथानेबालीहरु सल्यानटारमा उत्पादन हुने भन्दै सिंचाईको व्यवस्था भए किसानहरु आत्मनिर्भर बन्ने उनले बताएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा आयोजित दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै मन्त्री सिलवालले यस्तो बताएका हुन् ।

‘सल्यानटार यस अघि नै डिपिआर भएको क्षेत्र हो । आगामी दिनमा सिंचाईको पहल गरि सल्यानटारलाई हराभरा बनाउन हामी लाग्नेछौं’ उनले भने– ‘सहकारी मार्फत यसरी महोत्सव होस् वा अन्य तवरबाट कृषि क्षेत्रमा आकर्षित गर्नु राम्रो काम हो । उत्पादित कृषि जन्य उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा युवालाई रोजगारी दिलाउन सकियो भने सल्यानटार एउटा उदाहरणीय क्षेत्र बन्ने छ । हामी पहल गर्छौ ।’
स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पु¥याऔंं भन्ने मूल मर्मका साथ त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।

स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुग्ने महोत्सव आयोजक संस्था हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेश श्रेष्ठले बताए । ‘सल्यानटार पर्यटकिय, धार्मिक तथा ऐतिहासिक तवरले मात्र प्रख्यात नभई कृषि जन्य उत्पादनको पनि प्रवल सम्भावना रहेको क्षेत्र हो’ उनले भने– ‘सल्यानटारको मास र घैयाको धान नेपालमै प्रसिद्ध रहेको छ । पिडालु, भटमास, लिचि, केरा, आँप लगायत यस्ता थुप्रै कृषिजन्य उत्पादनको सम्भावना रहेको क्षेत्र हो । सिंचाईको व्यवस्थासँगै किसानले उचित मूल्य पाउने गरि बजारीकरण मात्रै पनि सल्यानटारबासीको जीवन फेरिनेछ ।’

मंसिर ५ गतेदेखि सुरु भएको महोत्सव मंसिर १५ गतेसम्म चल्नेछ । महोत्सवमा करिव एक लाख जनाले महोत्सवको अवलोकन गर्ने अनुमान रहेको अध्यक्ष श्रेष्ठले बताए ।

About The Author

अन्य समाचारहरु: