धादिङ – नेवाः महिलाहरुलाई विविध कार्यक्रम गरी अघि बढाउने काम गरेको मुल्याङकन गर्दै नेपाली भाषा मिसा खलः धादिङलाई नगद तथा कदरपत्र सहित सम्मान गरिएको छ ।
नेपाल भाषा मिसा खलः केन्द्रिय कार्यलय काठमाडौको जन्मजयन्ती तथा कृष्णअष्टमीको दिनमा घोषणा गरी जिल्ला समिति धादिङलाई नगद ३५ हजार सहित कदर पत्र प्रदान गरेको हो ।
धादिङमा संस्थाले २०७० साल साउनमा स्थापना गरी नेवारी भाषा संस्कृति, वाजाहरुको बारेमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष पार्वती श्रेष्ठले जानकारी दिइन् ।
हरेक वर्ष संस्थाले एकवटा जिल्ला उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गर्दै आइरहेको केन्द्रिय अध्यक्ष मंगला कारञ्जितले बताइन् ।