Thu. Jan 2nd, 2025

एसियाका ११ देशमा सुर्तीको सेवनबाट प्रतिघन्टा एक सय ५० को मृत्यु

dhumrapan-final
२३ भदौ, काठमाडौं – सुर्तीजन्य पदार्थको सेवनबाट दक्षिण-पूर्वी एसियाली देशमा हरेक घन्टा एक सय ५० जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यस्तो जनाएको हो ।

उसले यस क्षेत्रका ११ देशमा करिब ५४ करोड धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको र बर्सेनि १३ लाखभन्दा बढीको ज्यान जाने गरेको स्पष्ट पारेको छ । डब्लुएचओले समेटेको दक्षिणपूर्वी एसियाली क्षेत्रमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान, म्यानमार, थाइल्यान्ड, उत्तर कोरिया, इन्डोनेसिया र इस्ट टिमोर रहेको  छ ।

डब्लुएचओले संसारका कुल प्रयोगकर्तामध्ये २५ प्रतिशत अर्थात २४ करोड ६० लाख धूमपान प्रयोगकर्ता र ९० प्रतिशत अर्थात २९ करोड धुवाँरहति सुर्तीजन्य पदार्थको प्रयोगकर्ता यस क्षेत्रमा रहेको बताएको छ । उसले पछिल्लो समयमा धुवाँरहित सुर्तीजन्य पदार्थको प्रयोगदर बढ्दोक्रममा रहेको जनाएको छ । नयाँ पत्रिकाबाट

About The Author