Sat. Mar 1st, 2025

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार

काठमाडौँ -नेकपा एमालेले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिसलाई अनुमोदन गर्दै उम्मेदवार टुंग्याएको एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

आचार्यले भने, ‘सचिवालय बैठकले स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाएको छ । अब उम्मेदवारहरु चुनावी मैदानमा उत्रिनु भएको छ ।’

सचिवालय बैठकले सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले अनुमोदन गरेका नगरपालिका, गाउँपालिका प्रमुख र उपप्रमुख उम्मेदवाहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखमा सुरेन्द्र मानन्धर, मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका दोलखा उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहरा, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही र बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा छन् ।

About The Author

अन्य समाचारहरु: