Tue. Nov 26th, 2024

रवि लामिछाने पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने

काठमाडौं– पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले कात्तिक ४ गतेमात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको थियो । पक्राउ परेको दिनदेखि गणना हुने गरी पहिलो पटक ७ दिन म्याद थपिएको थियो ।

दोस्रो पटक थपेको म्याद १५ गते सकिएपछि लामिछानेलाई मंगलबार तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । अदालतले १५ गतेदेखि गणना हुने गरी थप १० दिन म्याद थपको अनुमति दिएको छ ।

सोही क्रममा उनका समर्थक र कार्यकर्ताले अदालत बाहिर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

About The Author

अन्य समाचारहरु: