Thu. Oct 31st, 2024

बंगलादेशसँगको हारसँगै पद छाडेको मुख्य प्रशिक्षक तामाङको घोषणा

काठमाडौं -नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेको घोषणा गरेका छन् । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक तामाङले पद छाडेको घोषणा गरेका हुन् ।

यो मेरो अन्तिम हो । अब अगाडि जादिनँ । यो लास्ट हो । अब काम गर्दिनँ । म अब क्लबतिर जान्छु होला, राष्ट्रिय टिममा जादिनँ । अब यसलाई राजीनामा भन्ने कि के भन्ने अब तर म काम चाहिँ गर्दिनँ, उनले भने ।

बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

About The Author

अन्य समाचारहरु: