
काठमाडौं -काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।
नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडिखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जनाएको छ । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।