Tue. Nov 26th, 2024

अनुसन्धानमा मुख हेरिन्न, तथ्य-प्रमाण हेरिन्छ :गृहमन्त्री लेखक

काठमाडौं -गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री लेखकले भ्रष्टाचार, ठगी वा अरु अपराधजन्य घटनामा सबै आरोपितमाथि अनुसन्धान हुने बताए ।

‘कुनै काखापाखा हुन्न । सत्ता पक्ष प्रतिपक्ष हेरिन्न’, उनले भने, ‘मुख हेरिन्न, तथ्य हेरेर गरिन्छ ।’

सरकारले कानुन विपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख तथा हैरानी दिने काम नगर्ने उनले बताए । गृहमन्त्री लेखकले भने, ‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ । अदालतबाट अनुमति लिनुपर्ने ठाउँमा न्यायालयबाट अनुमाति लिइन्छ ।’

About The Author

अन्य समाचारहरु: