
काठमाडौं – बिलबोर्डले पछिल्लो केही सातायता २१ औं शताब्दीका महान् पपस्टारको सूची सार्वजनिक गरिरहेको छ । उत्कृष्ट ९ देखि २५ सम्मको सूची सार्वजनिक भइसकेको छ ।
नेपाली समयानुसार बुधबार बिहान सूचीको आठौं स्थानको नाम सार्वजनिक भएको छ, जुन नाम समकालीन विश्व पप-संगीतमा निकै रुचाइएको नाम हो । नेपालमा पनि उनलाई पछ्याउनेको संख्या धेरै छ ।
उनी हुन् क्यानडेली गायक जस्टिन बिबर । आठौं स्थानमा सूचीकृत गायक बिबर कसरी ओन्टारियो सहरबाट अमेरिका पुगेर र पपसंगीतको सम्राट बने भन्ने बारेमा बिलबोर्डले स्टोरी समेत लेखेको छ ।
युट्युबमा सुपरहिट भएका उनीहरुका गीतहरु ‘बेबी’ र ‘यू स्माइल’पछि कसरी संसारभर ‘बिबर फिभर’ सिर्जना भयो र त्यसपछि उनको स्टारडम कसरी निर्माण भयो भन्ने पक्ष पनि स्टोरीमा समेटिएको छ । ती गीतले जस्टिनलाई किशोर उमेरदेखि नै विश्वभर चर्चा दिलाएको थियो ।