Sat. Oct 26th, 2024

जोडी कमर संसारकै सुन्दर महिला घोषित, दीपिका पादुकोण नवौं स्थानमा

काठमाडौं – बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । हरेक वर्ष सार्वजनिक हुँदै आएको यो सूचीको दोस्रो स्थानमा हलिउड अभिनेत्री जेन्डाया, तेस्रोमा सुपरमोडल बेला हदिद छन् ।

सूचीको चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे, छैटौंमा टेलर स्वीफ्ट, सातौंमा जोर्डन डन, आठौंमा किम कार्दसियन, नवौंमा दीपिका पादुकोण र दशौंमा होयोन जंग छन् । सूचीमा भारतबाट दीपिका मात्र परेकी छन् ।

व्यावसायिक कस्मेटिक सर्जनको म्यापिङपछि वर्षेनी विश्वकै सुन्दर महिलाको सूची सार्वजनिक गरिन्छ । सुन्दर महिला पहिचान गर्न परम्परागत ग्रीक अंकगणितीय पद्दति ‘गोल्डेन रेसियो’को मद्दत लिइन्छ ।

विज्ञका अनुसार ‘गोल्डेन रेसियो’ले दृष्टिगतरुपमा सन्तुलित मात्र नभएर प्राकृतिकरुपमा आँखालाई मनपर्ने रुप सिर्जना गर्छ । ‘किलिंग इभ’ र ‘द बाइकराइडर्स’जस्ता फिल्ममा आफ्नो भूमिकाका लागि परिचित बेलायती अभिनेत्री जोडी कमरले ९४.५२ प्रतिशत अंक प्राप्त गर्दै सूचीको शीर्षस्थानमा छिन् ।

भौतिक पूर्णता मापन गर्न ‘गोल्डेन रेसियो’ प्रयोग गर्ने प्रविधि ग्रीक समयको हो । एउटा अनुहार नम्बर १.६१८ पीएचआईको जति नजिक छ, त्यो त्यति नै सुन्दर देखिन्छ । यी मापन र तिनीहरूको गणनाको अनुपात प्रायः कस्मेटिक सर्जरी र सौन्दर्यशास्त्रजस्ता क्षेत्रमा अनुहारको सद्भाव र आकर्षणको मूल्यांकन गर्न प्रयोग गरिन्छ ।

About The Author

अन्य समाचारहरु: