Mon. Oct 28th, 2024

आजदेखि डिजिटल लाइसेन्सलाई मान्यता, लाइसेन्स बोक्न नपर्ने

काठमाडौं – सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ । वाग्मती प्रदेश सरकारले आज (आइतबार)देखि डिजिटल लाइसेन्स जाँच गर्ने भएको हो ।

यससँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र –लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउन सक्ने भएका हुन् । ट्राफिक प्रहरीलाई उक्त लाइसेन्स जाँच गरी कारबाही गर्न सरकारले छुट्टै स्मार्टफोन उपलब्ध गराएको छ ।

नागरिक एपमा रहेको लाइसेन्ससँगै एउटा क्यूआर देखिने भएको छ । ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ । उक्त फोनबाट ट्राफिकले नागरिक एपको क्यूआर देखाउने व्यक्तिको क्यूआर स्क्यान गर्ने छ र लाइसेन्स चेक गर्नेछ । वाग्मती प्रदेशमा यो व्यवस्था सफल भएर अघि बढेमा देशभर नै सुरु हुने अपेक्षा गरिएको छ ।

About The Author

अन्य समाचारहरु: