Fri. Mar 7th, 2025

सिन्धुलीका एसपीलाई काफ्लेलाई स्थानीयले घेरे, घटना छानबिन गरिँदै

काठमाडौँ – सिन्धुलीका एसपी गोविन्द काफ्लेलाई अनर्गल हर्कत गरेको आरोपमा स्थानीयले घेरा हालेर लखेटेका छन् । असोज २९ मा माझिटारबाट उनलाई स्थानीयले लखेटेका हुन् ।

साँझपख स्थानीयको घरमा गएर काफ्लेले महिलालाई दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका छन् । तर, काफ्लेले आफूसँग दुई जना इन्स्पेक्टर पनि सँगै रहेको जिकिर गरेका छन् ।

घट्नाबारे बुझ्न बागमतीका डीआआईजी कृष्णहरि शर्माले हेटौँडाबाट टोली पठाएका थिए । डीआईजी शर्माले रातोपाटीसँग भने, ‘मैले यहाँबाट बुझ्नको लागि टिम पठाएको थिएँ, हाम्रोबाट कुनै फाइन्डिङ आएको छैन ।’

घटनाबारे प्रदेश प्रहरी कार्यालयले अनौपचारिक छानबिन गरिरहेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा भेला भएका माझिटारका स्थानीयसँग एसपी काफ्लेले ‘क्षमायाचना’ गरेको सिन्धुलीमा कार्यरत एकजना अधिकृतले बताए ।

About The Author

अन्य समाचारहरु: