Fri. Mar 7th, 2025

साउदी र माल्दिभ्समा आजदेखि पहिलोपटक नेपाली फिल्म, लाग्यो ‘छक्कापञ्जा ५’

काठमाडौं -नेपाली फिल्मले विहिबारदेखि दुई नयाँ अन्तर्राष्ट्रिय बजार पाएको छ । पहिलोपटक साउदी अरब र माल्दिभ्समा नेपाली फिल्म प्रदर्शनमा आएको हो ।

यी दुई ठाउँमा ‘छक्कापञ्जा ५’ लागेको छ । साउदीका १० हलमा फिल्म प्रदर्शनमा आएको छ । जुबेलस्थित मूभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मूभी र भक्स सिनेमाज, रियादस्थित मूभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मूभी सिनेमाजमा फिल्म लागेको छ ।

यस्तै, धरहानको मूभी सिनेमाजमा पनि फिल्म प्रदर्शनमा आएको छ । नेपाली कामदारको ठूलो उपस्थिती रहेको मध्यपूर्वको साउदीसहित मध्यपूर्वका ५० हलमा फिल्म रिलिज भएको छ ।

साउदीसहित युएई, कतार, बहराइन र ओमानमा पनि फिल्म प्रदर्शनमा आएको छ । कतारका १० हलबाट फिल्म प्रदर्शनमा आएको छ । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्सका २ हलमा पनि पहिलोपटक नेपाली फिल्म प्रदर्शनमा आएको छ ।

यी दुई क्षेत्रमा नेप-फिल्म्सका रमेश ढकालले फिल्म प्रदर्शनमा ल्याएका हुन् । उनकै वितरणमा चाँडै मलेसियामा पनि फिल्म प्रदर्शनको तयारी छ ।

About The Author

अन्य समाचारहरु: