
Window display of jewelry shop
काठमाडौं -नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ कायम भएको छ । यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो ।
यसअघि हिजो (बुधबार) सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो । हिजोको मूल्यमा थप ६ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।