Thu. Mar 6th, 2025

मौसम खुलेसँगै लुक्लामा उडान शुरू

सोलुखुम्बु – मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको रामेछापको मन्थली–सोलुखुम्बुको लुक्ला उडान आज बिहानदेखि शुरू भएको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा अस्ति सोमवारदेखि उडान ठप्प भएको थियो । आज दिउँसोसम्म लुक्लामा २२ वटा उडान अवतरण भएको छ । तीमध्ये ६ वटा काठमाण्डौबाट र अरू रामेछापको मन्थलीबाट भएका लुक्लाका एटीसी अफिसर विवश दाहालले जानकारी दिए ।

सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली पुगेर रोकिएका एक हजारभन्दा धेरै पर्यटकमध्ये पाँच सय जनाभन्दा धेरै उडानमार्फत लुक्ला पुगेका छन् ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ ।

About The Author

अन्य समाचारहरु: