Sun. Mar 9th, 2025

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

काठमाडौं– पछिल्लो समय वित्तिय ठगीका स्वरुपहरु परिवर्तन हुँदै गएको छ । अपरिचित व्यक्ति तथा नम्बरबाट ह्वाट्स एप, भाइवर म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको भन्दै म्यासेज आउने गरेको छ ।

यस्तै विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी,फरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू समेत विधिन्न व्यक्तिलाई प्राप्त हुने गरेको छ । यसैले राष्ट्र बैंकले यस्ता सन्देश तथा भिडियोबाट सचेत रहन आग्रह गरेको छ ।

यस्ता सन्देशहरू मार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरू दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्ने भएकाले सचेत रहन राष्ट्र बैंंकले भनेको हो ।

About The Author

अन्य समाचारहरु: