
काठमाण्डौ – मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि भोलिदेखि कात्तिक १ गतेसम्म बन्द हुने भएको हो ।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ ।
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो ।