Tue. Nov 26th, 2024

शिक्षककै उत्तरपुस्तिकामा पैसा र चेक !

slc

२२ भदौ, काठमाडौं –  एसएसली दिने बिद्यार्थीले उत्तरपुस्तिकामा पैसा राख्ने प्रचलन नौलो होइन । तर, तिनै विद्यार्थीलाई पढाउने शिक्षकले समेत आफुलाई पास गराईदिन भन्दै उत्तरर पुस्तिकामा पैसा र चेक राख्ने गरेको फेला परेको छ । असारमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा शिक्षकहरुले नै यस्तो बद्मासी गरेको भेटिएको छ ।

आयोगका अध्यक्ष उदयराज सोतीका अनुसार आयोगले लिने हरेकजसो परीक्षामा ५ सय र हजारका नोटहरु फेला पर्नै गरेका छन् । उत्तरपुस्तिकाको भित्रिभागमा सजिलै नदेखिने गरी नगद वा चेक राखिएको हुन्छ , उनले भने परीक्षकलाई लोभ्याउन पैसा राख्ने र अन्य सांकेतिक शब्द लेख्ने परिक्षार्थीको परिक्षा नै रद्द गर्ने गरेका छौ । यस्ता रकम राजश्वमा दाखिला हुने छन् ।

आयोगले लिएको यसअघिको परीक्षामा १५ जनाले नगद राखेका थिए । असारको परीक्षामा ४ शिक्षकले पैसा राखेको सोतीले बताए । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: