Sat. Mar 8th, 2025

‘छक्कापञ्जा ५’को ब्रेकअप गीतलाई करोडभन्दा धेरै भ्यूज

काठमाडौं – पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्कापञ्जा ५’को गीत ‘ब्रेकअप सङ्’लाई युट्युवमा १ करोडभन्दा धेरै पटक हेरिएको छ । दुई साताअघि रिलिज भएको यो गीतले सोमबार यो उपलब्धि हासिल गरेको हो ।

बाबुल गिरीद्वारा संगीतबद्ध गीतमा गिरी र दीपाश्री निरौलाको आवाज छ । शब्दप्रधान यो गीतलाई ब्रेकअपपछि प्रेमिकाप्रति आक्रोशित भावमा कम्पोज गरिएको छ । प्रशंसा र आलोचना भएको यो गीत सामाजिक संजालमा समेत चर्चामा छ ।

यो गीतमाथि लाखौं टिकटक भिडियो बनाइएको छ । युट्युवमा झण्डै ६ हजार कमेन्ट प्राप्त भएका छन् जसमध्ये अधिकांश सकारात्मक छन् । रिलिजपूर्व छक्कापञ्जा ५ का लागि यो सकारात्मक समाचार हो ।

‘छक्कापञ्जा’ सिरिजका अघिल्ला गीतहरु पनि करोड क्लबमा स्ट्रिमिङ भैरहेका छन् । ‘छक्कापञ्जा ५’कै अघिल्लो गीत ‘बिहे भाको छैन’लाई अहिलेसम्म ७२ लाख पटक हेरिएको छ । दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी स्टारर फिल्म विहिबारदेखि प्रदर्शन हुँदैछ ।

About The Author

अन्य समाचारहरु: