Mon. Nov 25th, 2024

सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंका कालीमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् । आइतबार अपराह्न उनी सम्बन्धित निकायका अधिकारीसँग उक्त तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन् ।

तरकारी तथा फलफूलको मूल्य अकासिएका बेला मन्त्री भण्डारीले बजारको अनुगमन गरे । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए ।

उनले भने, “तरकारी बजारको अहिले हामी अनुगमनको क्रममा छौँ । सम्बन्धित अधिकारीहरू हुनुहुन्छ । उहाँहरूले हेर्नुहुन्छ,” उनले भने, “उहाँहरूसँग हामीले पछिल्लो खरिद मूल्य कति छ, किसानहरूले कति प्राइसमा बिक्री–वितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरू हेरेर हामी बजार मूल्य तोक्छौँ ।”

तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाइएको भन्दै उपभोक्ताले व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

About The Author

अन्य समाचारहरु: