
धादिङ– बिजय दशमीको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–१३ सेउलीमा प्रथम वडा कप फुटबल २२ गतेदेखि सुरु हुने भएको छ । सक्रिय भोर्ले युवा क्लबको आयोजनामा हुने योङ्ग्स्टार क्लब खेलमैदान सेउलीमा हुने भएको हो ।
प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार , द्धितीय पुरस्कार १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको मधुवन युवा समाजका सचिव सन्तोष सारु मगरले जानकारी दिए ।

साथै टिम दर्ता ३ हजार रहेकोले असोज २१ गते बेलुकासम्म दर्ता गर्न पनि सम्पूर्ण क्लब तथा खेलाडीहरुलाई आग्रह गरेका छन् । राष्ट्रका लागि खेलकुद स्वस्थ्यको लागि खेलकुद भन्ने नाराका साथ स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने र भएका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म लैजाने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको सचिव सारु मगरले जानकारी दिए ।
गत बर्ष योङ्ग्स्टार क्लबले आयोेजना गरेको प्रथम वडा कपमा मधुवन युवा क्लबको समुह ‘ए’ बाट क्याप्टेन सन्तोष सारु मगरको टिम बिजेता भएको थियो भने,मधुवन युवा क्लबकै समुह ‘बि’ बाट बिशाल सारु मगरको टिम उपबिजेता भएको थियो ।
