Tue. Nov 26th, 2024

धादिङको तसर्फुमा निर्माण भइरहेको खानेपानी आयोजनाको सार्वजनिक सुनुवाई

khani pani aayojana 2
धादिङ – धादिङको तसर्फु गाँउ विकास समितिमा निर्माण भइरहेको दामेजुरे खानेपानी आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

सूर्यमुखी सामुदायिक संस्थाका अध्यक्ष देवी माया तामाङको अध्यक्षतामा सोमबार सम्पन्न भएको हो । तसर्फुको वडा नं ७ को जुरेथुम र वडा नं ९ को दामेचौरमा निमार्ण भइरहेको  गरीवी निवारण कोषको आर्थिक सहयोग तथा समग्र विकास सेवा केन्द्रको संयोजनमा निमार्ण कार्य भइरहेको खानीपानीको निमार्ण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । खानीपानी आयोजनाले तसर्फुको वडा नं ७ को जुरेथुम र वडा नं ९ को दामेचौर वासिन्दाहरु लाभान्वित हुनेछ ।

khani pani aayojana 1

कार्यक्रममा जनभोजन फाउन्डेसनका म्यानेनजर भोला रावत, सूर्यमुखी सामुदायिक संस्थाका म्हेनदोला फोले सामुदायिक संस्था तथा पालुवा सामुदायिक संस्थाका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सम्पूर्ण लागतको विवरण सूर्यमुखी सामुदायिक संस्थाका अध्यक्ष तथा जुरे दामे लिफ्ट खानेपानी योजनाका अध्यक्ष राम भगत वि.कले प्रस्तुत गरेका थिए ।

यस योजनामा हाल सम्म गरीवी निवारण कोषबाट पहिलो किस्ताको रुपमा ९ लाख ९ हजार १ सय सात रुपैया प्राप्त भएकोमा हाल सम्म ७ लाख ९७ हजार ६ सय दुई रुपैया २१ पैसा खर्च भएको छ । १ लाख २ हजार ३ सय ९७ सामाजिक परीवारमा रहेको तथा बाँकी रकम योजनाको खातामा रहेको व्योहोरा प्रस्तुत गरिएको समग्र विकास सेवा केन्द्रका जिलला संयोजक कवि पुडासैनीले जानकारी दिएका छन् ।

About The Author

अन्य समाचारहरु: