Fri. Jan 31st, 2025

प्रजिअको टार्गेटमा गुणस्तरहीन खाना बेच्ने राजमार्गका होटल

धादिङ– राजमार्ग क्षेत्रमा संचालित होटल संचालकहरु पछिल्लो समय निकै तर्सिएका छन् । जिल्ला सरुवा भएलगत्तै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले देखाएको सक्रियताले होटल संचालकहरुले गर्दै आएको लापरबाहीको घैटो फुट्न थालेको छ ।

अनुगमन आउछ रे जरिवाना गराउँछ रे भन्दै केही होटलहरुले आफै व्यवहार र गुणस्तर सुधारमा लागेका छन् भने अटेर गरिरहेकाहरु भटाभट कारबाहीमा परिरहेका छन् । उपभोक्ता र यात्रुहरुबाट आएको गुनासोकै आधारमा राजमार्गका होटल र सवारी साधनमा हुने अनियमितता प्रमुख जिल्ला अधिकारी घिमिरेको टार्जेटमा परेको हो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा गरिएको अनुगमन टोली बिशेषगरी खानेकुराको मुल्य, सरसफाई र गुणस्तरतर्फ केन्द्रीत रहेको छ । पछिल्लो पटक गजुरी गाउँपलिकामा रहेको बिग जोन होटल एण्ड लज किचेनलाई २० हजार, गल्छी गाउँपलिकामा रहेको कान्तिपुर थकाली किचेन एण्ड लजलाई २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिए ।

होटल फोहोर भएको, खानेकुरामा फोहोर पर्ने गरि राखेको, होटलसंग भएको कोल्ड स्टोर दर्ता नगरि संचालन थगरेको र मूल्या बढी लिएको गुनासोको आधारमा होटलहरुको अनुगमन गरिएको थियो ।

मूल्य सूचि नराखेको, खानेकुरा फोहोर र होटलको सरसफाइ नभएको अनुगमन समितिले जनाएको छ । चाडपर्वको समयमा बजारमा पाइने सामानहरुको अत्याधिक मूल्य लिने, उपभोक्ता ठगिने आदी कारणले नागरिकहरु समस्यामा पर्ने भएपछि नागरिकहरुको आग्रह र उजुरीको आधारमा निरन्तर अनुगमन भइरहेको पुरीको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: