Mon. Oct 28th, 2024

वर्षा भएसँगै बढ्यो डेङ्गी सङ्क्रमण, देशभर १४ हजारभन्दा धेरै बिरामी

काठमाण्डौ – देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा।गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । केही दिनअघि पानी परेका कारणले डेङ्गी सङ्क्रमण बढाएको उहाँले बताउनुभयो ।

अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा सङ्क्रमण देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २०, कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेशमा दुई सय ८६, बाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

यस्तै काठमाण्डौ उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

About The Author

अन्य समाचारहरु: