हालैको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुगेको छ । यसैगरी १९ जना अझै बेपत्ता छन् । अन्य १७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।