२१ भदौ, धादिङ- धादिङकोे जीवनपुर गाँउ विकास समितिको वडा नं ५ चिउरीमोडमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।
ललितपुरमा लागेको १२ वर्षे मेला भरेर फर्किदै गरेको बस र्दुघटना हुदाँ ३ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मेला भरेर जीवनपुर फर्कदै गरेको बा २ ख २३२१ नम्बरको बस दुर्घटनामा १ जना महिला र २ जना पुरुषको मृत्यु भएको पत्रकार राजेश बस्नेतले जानकारी दिए ।
मृत्यु भएका मध्ये धादिङ जिवनपुर ५ का अन्दाजी ५५ वर्षिया ठुली तामाङ, जिवनपुर ५ कै अन्दाजी २५ वर्षिय प्रताप तिमल्सिना र सोहि ठाउँका अन्दाजी ३० बर्षिया प्रमिला सापकोटाको सनाखत भएको प्रहरीले जनाएको छ । उपचारका लागि काठमाण्डौँ लैजाँदै गर्दा मृत्यु भएका २ जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
घटनामा ३० भन्दा बढि घाईते भएका छन् । घाईतेहरुको ललितपुर स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ । बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।