Sun. Mar 9th, 2025

साउदी अरबमा नवलपरासीका उर्जरको मृत्यु

saudi

साउदी अरब – रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको मृत्यु भएको छ ।

मैनाघाट ३ नवलपरासीका ४७ वर्षीय उर्जर बहादुर सोमैको गत शुक्रबार मृत्यु भएको हो ।साउदीमै रहेका उर्जर बहादुरका साथी पुर्मलले फोन गरेर मृत्युको जानकारी दिएको परिवारका सदस्यहरुले बताएका छन् । उर्जर बहादुरका छोरा खुमबहादुरले एक हप्ता अगाडि बिरामी छु भनेर घरमा सम्पर्क गरेको र गत शुक्रबार मृत्युको खबर पाएको जानकारी दिए ।

परिवारका सदस्यले शव नेपाल झिकाइदिन आग्रह सहित आइतबार सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा निवेदन दिएका छन् ।
उर्जर बहादुर बिदामा आएर गत वैशाख महिनामा साउदी अरब गएका थिए । उनका श्रीमती, ३ छोरी र १ छोरा छन् ।यसैगरि नवलपरासी तम्सरीया ५ का गिरिराज महत्तोको पनि मलेशियामा गत भदौ १५ गते मृत्यु भएको थियो । उनको शब आउने प्रक्रियामा रहेको सुचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: