Mon. Mar 10th, 2025

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।

सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ ।मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले विपी राजमार्गको १२ किमी सडक पुर्णरुपमा बगेको जानकारी दिएको छ । मन्त्रालयले अहिले दुवै तर्फको पहिरो सफा गर्ने काम गरिरहेको र रोशी नदीको पानीको बहावलाई मध्यनजर गरेर सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरि अस्थायी रुपमा यातायात संचालन गर्ने जानकारी दिएको छ ।

त्यसैगरी पुष्पलाल राजमार्गको ८० किलोमिटर खण्डमा धेरै ठाउमा पहिरो गरेर सडक समेत बगाएको अवस्था रहेकोले सडक मर्मत गरेर बर्दिबासबाट विपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदै काठमाडौँ प्रवेश गराउने मन्त्रालयले बताएको छ ।

त्यस्तै कान्ति राजपथको १३ किमी सडक अवरुद्ध रहेकोमा मकवानपुर र ललितपुर दुवै तर्फ पहिरो सफा गर्ने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मेची राजमार्गको रमिते-फिदिम खण्डको हेवा पुलसहित ८ किलोमिटर सडक अवरुद्ध भएको जानकारी दिदै मन्त्रालयले रमिते डाँडाको पहिरो हटाउने काम गरिरहेको जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: