Tue. Mar 4th, 2025

महिला सशक्तीकरणको सवाललाई राजनीतिकमा स्थापित गर्न आवश्यक – मन्त्री रिजाल

minendra-rijal_20140423082514
काठमाडौँ  – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले महिला सशक्तीकरणको सवाललाई राजनीतिक तहमा स्थापित गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको १९औँ वार्षिकोत्सव तथा छैटाँै महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री रिजालले गाउँदेखि केन्द्रसम्म महिलालाई राजनीतिमा स्थापित गर्न सकेमा मुलुकको समृद्धि हुने बताए ।

उनले लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको सन्दर्भमा सञ्चारिका समूहजस्ता विभिन्न संस्थाका गतिविधिबाट पनि महिलाले नेतृत्वदायी भूमिका पाउँदै आएको जनाए । कार्यक्रममा मन्त्री रिजालले सञ्चारिका समानता पुरस्कार ‘बलत्कारी उम्काउने कानुनी छिद्र’ आलेखका लागि हिमाल साप्ताहिकका मीना शर्मा र तूफान न्यौपानेलाई संयुक्त रुपमा प्रदान गरे ।

यस्तै स्व ‘उमा सिंह पत्रकारिता पुरस्कार’ सुनसरीका पत्रकार लक्ष्मी दर्नाल तथा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ रेडियो नेपालका शोभा भट्टराई र तराई टेलिभिजनका प्रियङ्का पाण्डेलाई प्रदान गरियो । संस्थाका पूर्व अध्यक्षहरु बन्दना राणा, बबिता बस्नेत र प्रेमकुमारी पन्त तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झालाई पनि सम्मानित गरियो ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधान, सूचना आयोगका आयुक्त तिम्सना, मेलमिलाप आयोगका सदस्य मञ्जला झा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, क्रियाशील पत्रकार महिलाका अध्यक्ष शुभेच्छा विन्दु तुलाधर, रेडियो प्रसारक सङ्घका अध्यक्ष गोपाल झालगायतले समूहको महाधिवेशन सफलताको कामना गरे ।

उनीहरुले पेसागत र भौतिक सुरक्षालाई चुनौतीका रुपमा स्वीकार गर्दै सञ्चार क्षेत्रलाई समावेशीकरण गराउनु पर्नेमा जोड दिए ।समूहका पूर्व अध्यक्ष राणाले चीनको बेइजिङमा भएको महिलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको प्रभावबाट १९ वर्ष अघि सञ्चारिका समूहको स्थापना गरिएको बताए । समूहका अध्यक्ष निर्मला शर्माले सञ्चार क्षेत्रमा महिलाको उपस्थितिलाई अझै प्रयास बढाउनुपर्ने बताइन् ।

About The Author

अन्य समाचारहरु: