Sat. Feb 22nd, 2025

वर्षासँगै आज कीर्तिपुरमा बाढी : एकजनाको मृत्यु, एक बेपत्ता

काठमाडौं – वर्षासँगैको बाढीले बगाउँदा बिहीबार कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

बिहीबार (आज) बिहान देशका विभिन्न स्थानमा भारीसम्म वर्षा भएको थियो । वर्षासँगै त्यहाँ ढलको पानी बाहिर आउन थालेको थियो । त्यसपछि ढल मिलाउन जाँदा बाढीले उनलाई बगाएको थियो ।

बाढीले बगाएर उनलाई ढलभित्र पुर्‍याएको थियो । उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो । कीर्तिपुरकै कीर्तिबिहारनजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् । प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

About The Author

अन्य समाचारहरु: