
काठमाडौ – फिल्म ‘बेहुली फ्रम मेघौली’लाई क्यूएफएक्सको भक्तपुरस्थित हलमा भव्य प्रिमियर गरिएको छ । बुधबार बेलुका आयोजित समारोहमा फिल्मको टीम र सेलेव्रिटीको बाक्लो उपस्थिती रह्यो । विहिबारदेखि यो फिल्म देशब्यापी प्रदर्शनमा आएको छ ।
प्रिमियर समारोहमा अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्का ट्रयाक्टर हाँकेर प्रवेश गरिन् । उनले हाँकेको ट्रयाक्टरमा अन्य सहकलाकार पनि चढेका थिए ।

निश्चल बस्नेत र स्वस्तिमा प्रिमियर समारोहको आकर्षण बन्दा हरिवंश आचार्य, निरुता सिंह, आना शर्मा, सुशान्त केसी पनि हलमा देखिए । आफ्नो प्रेमलाई सामाजिक संजालबाट जानकारी दिँदै आएका आना र सुशान्त सम्भवतः पहिलोपटक सार्वजनिक समारोहमा एकसाथ देखिएका हुन् ।