
काठमाडौं -लेवनान र इजरायलबीच युद्ध चर्किएपछि लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन नेपाल सरकारले अनुरोध गरेको छ ।
केही दिनयता लेवनाम र इजरायलबीच युद्ध चर्कँदै गएको छ । युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।