काठमाडौं – यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभरको राजमार्ग अस्तव्यस्त बनेसँगै अग्रिम टिकट बन्द गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला जानकारी दिए ।
त्यसका लागि आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द उनले जानकारी दिए । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज)देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।
अहिले गाडीहरूबीच बाटोमा नै अलपत्र परेको अवस्था छ । काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । कुनै कुनै ठाउँमा एकतर्फी बाटो खुले पनि दुवैतर्फ सञ्चालन ल्याउन कठिन छ ।
बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।