Mon. Mar 10th, 2025

मकवानपुरमा घैँटो फुटाउने प्रतियोगिता, देराली युवा क्लव प्रथम

ghaite

रुपक कालिराज,पालुङ- मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्ण अष्टमीको अवसर पारेर आयोजना गरेको घैँटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ ।

थाहा नगरपालिका वजार व्यवस्थापन समितिको आयोजना भएको घैँटो फुटाउने प्रतियोगितामा ७ वटा टिमले सहभागिता जनाएको थिए । सो प्रतियोगितामा ड्ेन्जर ग्रुव शिखरकोट,,शिर्जनशिल यूवा क्लव, वोलवम कावरिया सँघ शिखरकोट, किरानचोक यूवा क्लव किरानचोक,आग्रा यूवा क्लव आग्रा, एकता यूवा क्लव देउराली सहभागिता रहेका थिए । एकता यूवा क्लव देराली प्रथम,आग्रा यूवा क्लव आग्रा द्धितिय र किरान्चोक यूवा क्लव किरान्चोक धादिङ तृतिय भएका छन ।

प्रथम हुने समुहले नगर ५ हजार र २ पाउण्डको केक, द्धितिय हुने समुहले ३ हजार र तृतिय हुने समहुले २ हजार प्राप्त गरेका छन । प्रथम पुरस्कार नव जागृति पुस्तकालय शिरकोटरले प्रायोजन गरेको थियो भने द्धितिय र तृतिय पुरस्कार आयोजकले प्रदान गरेको थियो । सो प्रतियोगितामा गत वर्षको तुलनाना यस वर्ष सहभागिताको संख्या वृद्धि भएको र समय ढिला भएकोले गर्दा अझै थप हुने बताउनु भयो । सो प्रतियोगिता सफता पूर्ण ढंगले सम्पन्न भएको वजार व्यावस्थापन समितिका कोषध्यक्ष मनोज रायमाझीले बताउनु भयो । सो प्रतियोगितामा २ जना घाइते भएको थिए । घाइतेको अवस्था भने सामान्य रहेको रहेको रायमाझीले बताउनु भयो । प्रतियोगिता हेर्नको लागि मकवानपुरको थाहानगरपालिका, लागायत आसपासका जिल्लाहरु धादिङ¸काठमाण्डौ,हेटौडा,वारा, पर्सा ,ललितपुर चितवान देखि आएका वजार व्यवस्थापन समितिका अध्यक्ष अनित केसिले बताउनु भयो ।

२०५३ साल देखि शिखरकोटका समाज सेवि तथा यूवा सकृय व्याक्तित्व यादव जँग रायमाझीको संयोजकत्वमा शुरु भएको घैँटो फुटाउने प्रतियोगिता हाल सम्म सञ्चालन भइरहेको छ । प्रतियोगिता कृष्ण अष्टमीको अवसर पारेर हरेक वर्ष कृष्ण अष्टमीको दोस्रो दिन प्रतियोगिता गर्दै आएको यादव जँग रायामाझीले बताउनु भयो । पहिलो पटक प्रतियोगिता हुँदा यादव जँग रायामझीको टोलिका कुमार केसिले घैँटो फुटाउन सफल भएका थिए ।

About The Author

अन्य समाचारहरु: