
धादिङ ।
बाढी पबिरोमा परी ज्यान गुमाएका फुटबल खेलाडीहरुको सम्झनामा धादिङबेसीमा दीप प्रज्वलन गरिएको छ ।
धादिङ जिल्ला फुटवला संघ र व्वाईज युनाईटेढ धादिङले सोमबार साँझ दीप प्रज्वलनसहित श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।
शुक्रबार र शनिबार अविरल वर्षाका कारण मकवानपुरस्थित एन्फाको तालिम केन्द्रमा पहिरोमा परेर दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।
