Sun. Mar 9th, 2025

गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस शुक्रबारदेखि सम्पर्कविहीन

काठमाडौं । गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुई दिनदेखि सम्पर्कविहीन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ ।

समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ । उक्त बस पनि झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिए पनि एकिन भने भएको छैन । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन ।

About The Author

अन्य समाचारहरु: