Mon. Mar 10th, 2025

झ्याप्ले खाेलामा पुरिएकाे सवारीबाट १४ शव निकालियो


धादिङ ।

काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पुरिएको दुई वटा सवारीबाट १४ जनाको शव निकालिएको छ ।

पहिरोबाट १४ जनाको शव निकालेर राखिएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

बुटवलबाट काठमाडौ आउदै गरेको लु १ ज ४५७८ नम्बरको माईक्रो बसबाट पाँच र अल्फाबेट नम्बर केहि नखुलेको बसबाट नौ जना गरी जम्मा १४ जना भनिएपनि कुन सवारीको शव कुन हो भन्ने नखुलेको पाण्डेले जानकारी दिए ।

पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी छ ।

About The Author

अन्य समाचारहरु: