Sun. Mar 9th, 2025

नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलियो, ५६ वटै ढोका खोलेपछि कोशीमा `रेड अलर्ट´ जारी

काठमाण्डौ – पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिए। अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा झण्डै चार लाख क्युसेक पानीको बहाव रहेको छ ।

यसैबीच कोशीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले रेड अलर्ट जारी गरेको छ । ब्यारेजका ५६ वटै ढोका बिहान ८ बजेदेखि नै खोलिएको छ । आज दिउँसो एक बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड ५ लाख २१ हजार क्युसेक पानीको बहाव भइरहेको छ ।

सन् १९६२ मा कोशी ब्यारेजको संरचना सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव हुने क्षमता भनिएको थियो । तर पछिल्ला दिनहरुमा कोशी ब्यारेजका पुल नजिक बालुवा थुप्रिएका कारण ब्यारेजबाट हुने बहाव क्षमतामा कमी आएको हो ।

About The Author

अन्य समाचारहरु: