
कालुपाण्डे मार्ग अन्तर्गत सिद्दलेक गाउँपालिका–१ बुङ्चुङ नजिककै खसेको पहिरो पार गर्दै परीक्षा दिन धादिङबेसी हिडेका विद्यार्थी । तस्बिर : शंकर श्रेष्ठ
धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक अझै खुलाउन सकिएको छैन ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा सडक माथीबाट खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएपनि सिद्दलेक गाउँपालिका–१ बुङ्चुङ नजिककै पहिरो र मावी खोलाको पहिरो पन्छाउनै थालिएको छैन ।

अहिले त्यस क्षेत्रमा सवारी आवागमन पुर्ण रुपले ठप्प बनेको छ । बुङ्चुङ नजिकैको पहिरो निकै ठूलो छ । मावी खोला आसपासमा पनि ठाउँ ठाउँमा पहिरो र लेदोले जोखिम उच्च छ ।
पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
यो सडकको १७ किलोमीटर दुरीमा चार वटा ठुला पहिरो खसेको छ । सबै पहिरोमा यसैगरी पार गरेको उनीहरुले बताएका छन् । पहिरो पार गर्न नसक्दा शनिबारको परीक्षा नै प्रभावित बनेको छ ।
