Mon. Mar 10th, 2025

पहिरो पन्छाउने क्रममा च्यापिएर थाक्रेमा एक जनाको मृत्यु

धादिङ। थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा घरमा आएको पहिरो सोर्ने क्रममा एकजनाको मृत्यु भएको छ।

तीनदिनदेखिको वर्षा कारण घरमा आएको पहिरो सोर्ने क्रममा शनिबार बिहान कान्छा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

करेसामा भल पस्यो भनेर पन्छाउन लाग्दा घर माथिबाट आएको पहिरोले पुरिँदा मृत्यु भएको सिलवालले बताए । अहिले महादेववेशी र यस क्षेत्रको महशखोलामा बाढीको बहाव बढेको छ । नदी तटीय क्षेत्रको घरहरु खालि गरिएको प्रहरीको भनाई छ।

About The Author

अन्य समाचारहरु: