Mon. Mar 10th, 2025

धादिङबेसी मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प

धादिङ-जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा सडक माथीबाट खसेको पहिरोले सडक दुबैतर्फी अवरुद्ध बनेको हो ।

अहिले त्यस क्षेत्रमा सवारी आवागमन पुर्ण रुपले ठप्प बनेको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।

पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए । पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम अत्याधिक छ ।

About The Author

अन्य समाचारहरु: