Mon. Mar 10th, 2025

धादिङबेसीमा यसरी मनाइयो रथयात्रा (फोटोहरु हेर्नुहोस्)

२० भदौ, धादिङ – धादिङको सदरमुकाममा धादिङबेसीमा कृष्णरथ यात्रा निकालिएको छ ।

हरेक वर्ष राधा कृष्ण मन्दिर संचालक समिति सुगमटोलले त्यहाँ रहेको कृष्ण मन्दिरबाट राधाकृष्ण रथ यात्रा निकाल्दै आइरहेको छ । यस वर्षपनि त्यसलाई निरन्तरता दिएको समितिले जानकारी दिएको छ ।

परम्परा र संस्कृतिको जगेर्ना गर्नका लागि हरेक वर्ष कृष्ण रथ यात्रा निकालिदै आएको समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । रथयात्रा सुगमटोलमा रहेको कृष्णमन्दिरबाट निकाली धादिङबेसीको पुछारबजार, शान्तबजार, बीचबजार चोक हुदै मन्दिरमा लगिएको थियो । रथयात्रा सँगै लाखे नाच पनि नचाइएको थियो ।

यसरी निकालिएको थियो कृष्ण रथयात्रा हेर्नुहोस् केही फोटोहरु

rat yetra 1rat yetra 2rat yetra 3ratyetara 4ratyetra 5IMG_5311

About The Author

अन्य समाचारहरु: