
काठमाडौं– बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो ।
म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २।७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३।५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १।९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे ।